Welcome To हाम्रो बारेमा
ईन्द्रज्योती नमुना माध्यमिक विद्यालय, थलारैकर, जाजरकोट शिक्षा र समाजिक विकासको मूल आधार हो। स्थापना कालदेखि नै यस विद्यालयले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय, सर्वसुलभ र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ।
विद्यालयले शिक्षा केवल किताबमा सीमित नभई विद्यार्थीको व्यवहारिक सीप, संस्कार, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी विकासमा विशेष जोड दिएको छ।
हाम्रो उद्देश्य
- ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने।
- समाजमा सकारात्मक परिवर्तन ल्याउने नागरिक सचेतना र मूल्य–मान्यता विकास गर्ने।
- नयाँ पुस्तालाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने।
- नैतिकता, अनुशासन र सामाजिक एकता मा आधारित विद्यार्थी उत्पादन गर्ने।
सुविधा र उपलब्धि
- अनुभवी र समर्पित शिक्षक–शिक्षिका।
- कम्प्युटर तथा विज्ञान प्रयोगशाला सुविधा।
- पुस्तकालय र अध्ययन सामग्री।
- अतिरिक्त क्रियाकलाप (खेलकुद, साहित्यिक, सांस्कृतिक कार्यक्रम)।
- स्थानीय तथा जिल्ला स्तरका प्रतियोगितामा उत्कृष्ट नतिजा।
हाम्रो विश्वास
"शिक्षा नै समृद्धिको आधार हो" भन्ने मूल मन्त्रसहित ईन्द्रज्योती नमुना माध्यमिक विद्यालय निरन्तर अघि बढिरहेको छ।
हामी विश्वास गर्छौं, यहाँ प्राप्त शिक्षा विद्यार्थीको जीवनमा मात्र नभई समाजको समग्र प्रगतिमा पनि टेवा पुर्याउनेछ।